असार २६, २०८२ बिहिबार July 10, 2025

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ ।

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार लाख ९६ हजार भन्दा बढीको निधन भएको छ । (रासस -सिन्हवा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया