काठमाण्डौंः कोरोना भाइरसको संक्रमणका बारेमा कुरा लुकाउने चीनमाथि अहिले विरामीको तथ्यांक नदिएको आरोप लागेको छ । चिनियाँ वैज्ञानिकले भाइरसको उत्पत्ति पत्ता लगाउनका लागि वुहान गएको वर्ल्ड हेल्थ अर्गनाइजेशनको टीमसंग तथ्यांक शेयर गर्न अस्वीकार गरेको छ ।
धेरै पटक दुवै पक्षमा बहस जस्तो स्थिति पनि उत्पन्न हुन्थ्यो भन्ने कुरा न्यूयोर्क टाइम्सले भखरै वुहानबाट फर्किएका विशेषज्ञहरुको भनाइमा आधारित हुँदै बताएको छ ।
शुरुवाती दिनको जानकारी दिइएन
चीनले कोरोनाको शुरुवाती दिनको बारेमा जानकारी दिन विरोध गरेको टीमले बताएको छ । जसका कारण लुकेको प्रमाण प्राप्त गर्न कठिन भयो । उक्त जानकारी भविष्यमा कोरोना जस्तो खतरनाक रोगलाई रोक्नमा सहयोग गर्न सक्छ ।
उक्त टीममा समावेश डेनमार्कका एपिडेमियोलजिस्ट थिया कोलसेन फिशर भन्छन् -‘यदि तपाईंलाई तथ्यांकमा भरोसा छ र प्रोफेशनल छ भने तथ्यांक प्राप्त गर्नु भनेको कुनै डाक्टरले विरामीको आँखाबाट हेर्नु जस्तै हो ।’
चीनियाँ अधिकारीहरुले डब्ल्यूएचओलाई भाइरसको उत्पत्तिको बारेमा सरकारले भनेको कुरा मान्नका लागि भनेको पनि उनीहरु बताएका छन् ।
चीनमा परिक्षणका दवाव
डा.फिशर भन्छन् –‘चीनमा परीक्षणका लागि धेरै दवाव छ र चीनको कति दोष छ भन्ने कुरा सबैलाई थाहा छ ।’ भाइरस फैलन कहिले शुरु भयो भन्ने बारेमा टीम भन्छ–‘चीनभन्दा पहिला भाइरस कतै थियो भन्ने बारेमा अहिलेसम्मे प्रमाण फेला परेको छैन ।’
२०१९ अक्टुबरमा ९२ जना विरामी भर्ना भएको कुरा स्वीकार
२०१९ को अक्टुबरको शुरुवातमा वुहानको अस्पतालमा ज्वरो र खोकी जस्ता लक्षण देखिने ९२ जना भर्ना गरिएको कुरा चीनियाँ वैज्ञानिकले स्वीकार गरेको छ ।
उनीहरुलाई ती व्यक्तिहरुमा कोरोनाको कुनै प्रमाण प्राप्त भएन तर उनीहरुको जाँच अधुरो थियो । यस कुरालाई दवाउने र भाइरस फैलन रोक्नका लागि कोशिश नगरेकोमा बेजिइङको आलोचना भएको थियो । जसका कारण भाइरस संसारभर फैलियो ।
भनिन्छ- ‘चीनमा कोरोनाको पहिलो विरामीको नोभेम्बर १७ मा ट्रेस भइसकेको थियो तर चीनले त्यसको २८ दिनपछि डिसेम्बर ८ मा संसारलाई यस कुराको बारेमा बताएको थियो ।’
ढिला गरिएको एन्टिबडी परीक्षणमा कम विश्वसनीयता
फिशर भन्छन् –‘उनलाई वुहान जस्तो शहरमा कोरोनाको लक्षण भएका धेरै मानिसहरु भेटिन्छ भन्ने अपेक्षा थियो ।’ डब्ल्यूएचओको टीले चीनियाँ वैज्ञानिकसंग अझ धेरै सर्चका लागि भन्यो ।
त्यस्तै डब्ल्यूएचओका टीमले संक्रमणको लामो समयपछि एन्टीबडी परिक्षणको विश्वसनीयताको बारेमा पनि चिन्ता व्यक्त गरेको थियो ।
ड्भायर भन्छन् –‘यो चीनमा नै शुरु भएको हो भन्ने मलाई लाग्छ । भाइरस चीनबाट नै बाहिर फैलिएको हो भन्ने प्रमाण त छ तर यो अति नै कमजोर रहेको छ ।’
ल्याबमा भाइरस लीक भएको थ्योरी खारेज
डब्ल्यूएचओको टीम परिक्षणका लागि वुहानको हुनान मार्के पुगेको थियो । कोरोना भाइरस सबैभन्दा पहिला यहि फेला परेको मानिन्छ । १२ दिनको परीक्षणपछि टीमले कुनै ल्याबबाट भाइरस लीक भएको थ्योरीलाई खारेज गरिदिएको थियो ।
वाशिङ्टन पोस्टका अनुसार टीमलाई लीड गर्ने डेनमार्कका डब्ल्यूएचओको फूड सेफ्टी विशेषज्ञ पीटर बेन एम्बरेक भन्छन् –‘म भाइरस गल्तिवस कुनै ल्याबबाट लिक भएको कुरालाई परीक्षण गर्नका लागि सिफारिश गर्दिन ।’- एजेन्सीको सहयोगमा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया