असार २६, २०८२ बिहिबार July 10, 2025

इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन् ।

तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरनेश्‍नल अटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच हुनेछ । त्यस्तै उनीहरूको आकस्मिक निरीक्षण गर्न पनि पाउने छैनन् ।

इरानले मंगलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्दैछ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो ।

आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्टनलाई सम्झौतामा पुग्‍न थप समय प्राप्त भएको छ ।

ट्रम्प प्रशासनले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।

इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्नेसमेत बताएको छ । – बीबीसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया