श्रावण १२, २०८१ शनिबार July 27, 2024

पोखरा र भरतपुर महानगरपालिकाबीच १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखरा र भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवर्द्धनको लागि १२ बुँदे समझदारी भएको छ ।

पोखरामा शुक्रबार आयोजित कार्यक्रममा पोखराका मेयर मानबहादुर जिसी र भरतपुरकी मेयर रेनु दाहालले पर्यटन प्रवर्द्धनको लागि भन्दै द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । आगामी पाँच वर्षका लागि गरिएको समझदारी पत्रमा साक्षीको रुपमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य विप्लव पौडेलले हस्ताक्षर गरेका थिए । यस अघि पोखरा र भरतपुरबीच २०७२ जेठमा भगिनी सम्बन्धसमेत स्थापना भएको थियो ।

पर्यटकलाई आउ होइन, आउछु भन्ने बनाउनु पर्छ : मेयर जिसी 
हस्ताक्षरपछि पोखराका मेयर जिसीले पर्यटकलाई आउ होइन, आउछु भन्ने बनाउने गरि दुवै शहरले काम गर्नु बताएका छन् । त्यसको लागि उनले आवश्यक पुर्वाधार विकाससँगै प्रदान गरिने सेवा र गुणस्तर बृद्धीमा ध्यान दिन आवश्यक रहेको बताए ।

पर्यटन क्षेत्रलाई प्राथमिकता दिएर त्यसबाटै नगरको विकास र समृद्धी निर्माण गर्न सकिने भन्दै उनले निर्वाहमुखी पर्यटन व्यवसायले अर्थतन्त्रलाई सहयोग नगर्ने बताए । उनले वाह्य पर्यटक मात्र नभइ आन्तरिक पर्यटकलाई आकर्षित गर्नु पर्नेमा जोड दिए ।

दुई शहरबीचको सम्झैताले आपसी सम्बन्ध थप सुदृढ हुने उनले बताए ।

पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सम्झौताले सहयोग गर्छ : मेयर दाहाल 
पर्यटकीय दृष्टिले दुवै सहर महत्वपुर्ण रहेकाले सम्झौताले पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सहयोग मिल्ने भरतपुरकी मेयर रेणु दहालले बताइन् । उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सम्झैताले सहयोग गर्ने दावी गरिन् । उनले अवको समय आन्तरिक पर्यटकलाई जोड दिनु पर्ने समय रहेको बताउदै पर्यटन प्रवर्द्धनबाटै समृद्धीको यात्रा तय गर्न सकिने बताइन् ।

यस्ता छन समझदारी
१. पोखरा र भरतपुरमा रहेका पर्यटकीय गन्तब्यहरुको विकास र प्रबद्र्धन गर्नका लागि सहकार्य गर्ने ।      

२. बुँदा नम्वर १ मा उल्लिखित सहकार्य गर्नका लागि दुवै महानगरले पर्यटनसँग सम्बन्धित सूचना तथा जानकारी एवं अध्ययन अनुसन्धानबाट पत्ता लागेका नयाँ बिषयहरुको बारेमा सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने ।                                                                                

३. पोखरा र भरतपुर महानगरपालिका जोड्ने पृथ्वीराजमार्ग र मुग्लीन नारायणगढ सडकलाई सुन्दर हाईवेको रुपमा विकास र सौन्दर्यीकरण गर्न संयुक्त पहल गर्ने ।     

४. पोखरा र भरतपुरबीच संचालन भैरहेका हवाई सेवा र सडक यातायात सेवालाई अझ विस्तार र सुदृढ गर्ने ।

 ५. पोखरा महानगरपालिकाले एक सडकलाई भरतपुर मार्ग र भरतपुर महानगरपालिकाले एक सडकलाई पोखरा मार्ग नामाकरण गर्ने ।       

 ६. दुवै महानगरपालिकामा अवस्थित तालतलैया, नदी, रामसारमा सूचीकृत सम्पदाहरु जस्ता महत्वपुर्ण प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्न सहकार्य गर्ने ।

७. दुवै महानगरपालिकाका शहरलाई सफा, सुन्दर, स्वच्छ र पर्यटनमैत्री बनाउनका लागि प्लाष्टिकका झोला, सुर्तिजन्य पदार्थ, बोतल आदिबाट मुक्त क्षेत्र घोषणा गर्दै जाने नीति अवलम्वन गर्ने ।

८. दुवै महानगरपालिका बीच विकासका आफ्ना सफल र असफल अभ्यासबाट प्राप्त सिकाईको आदानप्रदान गरी सफल अभ्यासको अवलम्बन गर्नका लागि प्राविधिक सहयोेग समेत आदान प्रदान गर्ने ।

९. दुवै महानगरपालिकामा उद्योग तथा सेवा ब्यवसाय प्रबद्र्धन गर्नका लागि दुवै महानगरपालिकामा रहेका उद्योग तथा सेवा ब्यवसायहरुलाई आफना क्षेत्रमा सञ्चालन हुने मेला महोत्सवमा सहभागी गराइने ।

१०. राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन एवं भ्रमण समेतका विषयहरु संयुक्त रुपमा अगाडि बढाउने साथै दुवै महानगरपालिकाको आधिकारिक वेवपेजमा लिंकेज समेत गर्ने ।

११. दुवै महानगपालिकामा पर्यटन गुरुयोजना, आवधिक योजना, विषयगत योजना, वार्षिक बजेट तथा कार्यक्रमहरु, नीति, निर्दे्शिका, कार्य्विधि एंव अन्य प्रकाशनहरु आदानप्र्रदान गर्ने ।

१२. यस समझौताको आधारमा पोखरा र भरतपुरले आगामी दिनमा बिशेष कार्यक्रमहरुमा आमन्त्रित गर्ने एवं अन्य बिषयहरुमा पनि सहकार्य गरी अगाडि बढ्ने । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार