काठमाडौंः शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरीएकोमा विभिन्न आधार र शर्तहरुको आधिनमा रही शिक्षक सरुवा गर्न सकिने सबै शिक्षा विकास तथा समन्वय इकाइलाई जनाकारी गराएको छ ।
केहि महिना देखि दरकन्दी मिलनाको कारण देखाउदै केन्द्रले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरे पनि विभिन्न आधार र शर्तहरुको आधिनमा रही शिक्षक सरुवा गर्न सकिने जनाएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवाहुने स्थानीय तह तथा जिल्ला भित्रकैै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र सरुवा गर्न सकिने व्यवस्था गरेको छ । तर दरबन्दी मिलान नगरेको स्थानीय तहहरुमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न नपाइने भएको छ ।
त्यसैगरी स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारीस गरीएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न पाइने छैन । स्थानीय तह अन्र्तगतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नु पर्ने भएमा सरुवा गर्नु पूर्व स्थायी पदपूर्तिका लागि सिफारीस भएको संख्यामा असर नपर्ने गरी र सिफारीस अनुसार नियुत्ति पदस्थापना गर्न सुनिश्चित नभई उत्त रिक्त दरबन्दीमा सरुवा गर्न पाइने छैन ।
साथै खुद पुल दरबन्दी रहेका (दरबन्दी कटौतिमा परेका) स्थानीय तहको खुद पुल रहेको तहको शिक्षक दरबन्दीमा सरुवा गर्न सकिने छैन । तर पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भएमा मात्र सम्बन्धित विद्यालय व्यावस्थापन समिति र स्थनीय तहको सिफारिसमा नियमअनुसार सरुवागर्न सकिने छ ।
यसरी विभिन्न सर्तमा रहेर जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण शिक्षा विकास तथा समन्वय इकाइले पाक्षिक रुपमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा अनिवार्य पेश गर्न पर्ने छ । खबरएजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया