असार २६, २०८२ बिहिबार July 10, 2025

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्‍चारकर्मीको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी अफगानिस्तानको जलालाबादमा मंगलबार बन्दुकधारीले तीन महिला सञ्‍चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् । युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भएकोमा समय सञ्‍चारकर्मीको हत्या भएको हो । यो आक्रमणले शान्तिवार्ताका लागि अफगानी तालिवान समूहसँग अमेरिकी पहलमा भइरहेका प्रयासहरूलाई समस्यामा पारेको छ ।

कार्यालयबाट पैदल घर जाँदै गरेका सञ्‍चार कर्मचारीहरू कार्यालयको कामपछि पैदल घर जाने क्रममा मारिएका एनिकास टिभीका निर्देशक जलमाई लतीफीले एएफपीसँग बताए । टेलिभिजन स्टेशनका एक अर्का कर्मचारीले पनि आक्रमणको पुष्टि गरेपनि यसबारे विस्तृत समाचार आइनसकेको बताए ।

घटनास्थललाई समाचार तयार पार्दासम्म सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । अफगानिस्तानमा तालिवान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भएका छन् । वार्तामा तालिवान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख शर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ ।

सरकार र अमेरिका लगायतका विश्‍व समुदायले तालिवान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिवान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन् । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार