असार २८, २०८२ शनिबार July 12, 2025

ज्योति लाइफको ‘साधारण शेयर’ निष्काशन मिति सर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ निष्काशन मिति दुईदिन अगाडी सरेको छ ।

सिडिएस एण्ड क्लियरिङ हाउसले कम्पनीको शेयर निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेको हो। यसअघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाए पनि अब फाल्गुन २१ गते शुक्रबारदेखि नै आईपिओ निष्काशन हुनेछ ।

कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ। आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया