श्रावण १, २०८२ बिहिबार July 17, 2025

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए)ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच (पिपिई), ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री (आइएआरएच किट्स) रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा सम्बन्धी सेवा सुनिश्चित गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्नेसरकारको प्रयासलाई सहयोग पुर्याउनेछ विश्वास व्यक्त गरिएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा यूएनएफपिए एक प्रतिनिधिद्वारा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका थिए । नेपाल, चीन र युनएफीपए बीचको विद्यमान दक्षिण–दक्षिण साझेदारी अन्तर्गत चीन सरकारको सहयोगमा यूएनएफपिएले करिब रु तीन करोड मूल्य बराबरको पिपिई,आइएआरएच किट्स तथा अन्य सामग्री खरिद गरेको युनएफीपएद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रजनन स्वास्थ्य किट्समा अत्यावश्यक औषधि,औजार तथा अन्य सामग्री छन्। यसले सुरक्षित सुत्केरी गराउन,जटिल प्रकृतिका प्रसूति तथा यौन हिंसा व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई मद्दत गर्ने जनाइएको छ ।

सो अवसरमा प्रमुख विशेषज्ञ डा पोखरेलले भने, “कोभिड–१९ महामारीमा संकटासन्न महिला र किशोरीका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवा सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ । हाम्रो प्रयास कोभिड–१९ रोकथामका लागि निरन्तरछ र धेरैजसो वित्तीय र मानवीय स्रोत यही लक्ष्यमा केन्द्रीत छ । यो महत्वपूर्ण समयमा विकास साझेदार निकायको सहयोग प्रशंसनीय रहेकोछ । हामी चीन सरकार र युएनएफपीए प्रति आभारी छौँ ।”मन्त्रालयले प्राथमिकताका आधारमा पिपिई र अन्य सामग्रीहरु वितरण गर्नेछ ।

“स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सामग्री उपलब्ध हुँदा महिला र किशोरीको लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा सुरक्षित रुपमा प्रदानगर्न सहज हुने वास्तविकत सर्वविदितै छ । नेपालमा प्रगतिशील नीतिगत वातावरणको बाबजुद रोकथाम गर्न सकिने मातृ मृत्यु र लैङ्गिक हिंसाको अवस्था अन्य देशको तुलनामा निकै उच्च रहेको छ ।

चीन सरकारबाट प्राप्त यस किसिमकोसहयोग अत्यन्तै सराहनीय छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९माहामारी सामना गर्न जारी राखेको प्रयास प्रशंसनिय रहेको छ” नेपालका लागि युएनएफपीएप्रतिनिधि लुब्ना बाकिले भने ।

यस अघि पनि नेपाल, चीन र युएनएफपीए बीचको दक्षिण–दक्षिण साझेदारी अन्तर्गत एकहजार २०० सेट पिपिई र तीनहजार ६०० थान स्यानिटाइजर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार