श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेपालमा थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३९ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक रहेको छ । नेपालमा आजसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ३८१ पुगेको छ । पछिल्लो समय थप ६२ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ६०५ रहेको छ । निको हुनेदर भने ९८ दशमलव छ प्रतिशत रहेको छ ।

अहिले देशभर ७६६ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २१ लाख ७३ हजार ५११ को पिसिआर परीक्षण भएको छ । पछिल्लो समय कोरोनाका कारण थप एकको मृत्यु भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जानकारी गराइएको छ । योसँगै हालसम्मा दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार