वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन त्रिविको कडा निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले वार्षीक परीक्षा प्रणली अन्तर्गतका सम्पर्णू परीक्षा केन्द्रहरुलाई आगामी चैत २० गतेभित्र सिसिक्यामेराको फुटेजसहित उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ ।

त्रिविले परीक्षा संचालन कक्ष,उत्तरपुस्तिका सिलकन्दी गर्ने कक्ष र प्रवेशद्धारको सबै दृश्य आउनेगरी डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने सिसिक्यामेरा जडान गरी सबै फुटेज चैत २० गतेभित्र बुझाउन केन्द्रलाई पत्रमार्फत जानकारी गराएको छ ।

साथै त्रिविले भने अनुसार व्यावस्थापन नगर्ने परीक्षा केन्द्रलाई आगामी परीक्षाको लागि परीक्षा केन्द्रबाट वञ्चित गर्ने जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया