वैशाख २३, २०८१ आइतबार May 5, 2024

कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए

चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १३ गते । शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।

यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उहाँको भनाइ छ ।

सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ  १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ्/मुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।

यसपटक काठमाडौँमा स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र निर्धारण हुँदै आएको थियो । यसो हुँदा मिलेमतो हुने सम्भावना भएको गुनासो बढेपछि स्वचालित प्रणालीमा परीक्षा केन्द्र निर्धारण गरीएको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया