असार २८, २०८२ शनिबार July 12, 2025

भोली शुक्रबार यी दुई वटा कम्पनीको आईपीओ खुल्दै, भर्ने होईन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा सेयर बजारले निकै चर्चा पाइरहेको छ । दिनानु दिन डि म्याट खाता खोल्नेहरुको संख्या बढिरहेको छ । विशेष प्राथमिक सेयर अर्थात आइपिओमा शेयर लगानीकर्ता बढेसँगै शेयर बजारको चर्चा चुलिएको हो । एकपछि अर्काे गर्दै विभिन्न कम्पनीहरुले आईपीओ खुलाउने क्रम जारी छ । यो साता पनि दुई कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुलाउँदैछन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र नागरिक लगानी कोषले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । ज्योतिले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । शेयरका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता शेयर लिलामी विक्री खुला गर्ने भएको छ । कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएपछि सर्वसाधारणका लागि शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । कोषले ३ लाख ५४ हजार १५० दशमलव ०५ कित्ता शेयर लिलामी बिक्री खुला गर्ने भएको हो । उक्त शेयरमा व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत २ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखालगायत राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत बोलपत्र बुझाउन सकिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया