असार २२, २०८२ आइतबार July 6, 2025

‘गणेशमान सिंहजस्ता नेताहरूको स्मृति दिवस सरकार आफैंले मनाउनुपर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस सरकार आफैंले मनाउनुपर्ने बताएका छन् । बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने उनले बताएका छन ।

२०४६ सालको जनआन्दोलनका सुप्रिम कमाण्डर गणेशमान सिंहको १०५ औं जन्मजयन्तिको अवसरमा आइतबार काठमाडौंको शान्ति वाटिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता डंगोलले सो कुरा बताएका हुन् ।

वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सरकार आफैंले औपचारिक कार्यक्रम आयोजना गर्नुपर्ने उनले बताएका छन ।

गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा कांग्रेस नेताहरु ध्यानगोविन्द रञ्जित, भिमसेनदास प्रधान, सबुज बानियाँलगायतले गणेशमान सिंहको निःश्वार्थ र समर्पणभावअनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने धारणा राखे ।

को हुन् गणेशमान ?

काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला बीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए ।

काठमाडौंको शान्तिवाटिकास्थित गणेशमान सिंहको शालिक
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनरबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्छन् ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्रीसमेत बनेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ (फलाम जस्तो कठोर मानिस०को उपमा दिइयो ।

आठ वर्षे काराबासपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी आफ्नो साथी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए ।

वामपन्थी दलसँग सहकार्य गरेर जहानियाँ राणा शासन अन्त्यको भूमिका खेलेका कांग्रेस नेता गणेशमान सिंहलाई ‘सर्वमान्य नेता’को रुपमा स्मरण गरिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार