श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रदेश नंं २ को चार जिल्ला कोरोना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश नंं २ को ४ जिल्ला कोरोनाबाट मुक्त भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो पटक प्रदेश नंं २ महोत्तरी र सर्लाही कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले जानकारी दिनु भएको छ ।

यस अघि सप्तरी र सिराहा जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएका थिए ।

यी जिल्लाहरूको संस्थागत तथा होम आइसोलेसनमा एक जना पनि कोरोनाका सक्रिय सङ्क्रमित नभएकाले सङ्क्रमणमुक्त भएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर रुपमा घटिरहेका पनि प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अहिले धनुषामा ७, बारामा ४, रौतहटमा २ र पर्सा जिल्लामा १ जना गरेर कूल १४ जना कोरोनाका सक्रिय सङ्क्रमितहरू होम आइसोलेसनमा रहेर उपचार गराइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खास गरेर शङ्का लागेका व्यक्ति आफै सम्बन्धित जिल्लाको स्वाब सङ्कलन केन्द्रमा आएर स्वाब दिने गर्नु भएको छ ।

कोरोनाका आशङ्कामा धनुषामा आज मात्र २१ जनाको स्वाब सङ्कलन भएकोमा योसँगै हालसम्म नतिजा आउन बाँकी रहेकाको सङ्ख्या ३५ जना रहेको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ ।

हालसम्म प्रदेश २ को ८ जिल्लामा १ लाख ४६ हजार १ सय ९ जनाको स्वाब सङ्कलन गरेकोमा परीक्षण गर्दा १७ हजार १ सय ९८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

यसै गरी कोरोनाका कारणले २ सय ९ जनाको मृत्यु भएको छ । १६ हजार ९ सय ७५ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार