श्रावण १, २०८२ बिहिबार July 17, 2025

देशभरका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज देखि देशभरका जेष्ठनागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे शिक्षण अस्पताल महाराजगन्जमा खोप लगाई कोरोना खोप अभियानको दोस्रो चरणको शुभारम्भ गर्नुभएको जानकारी दिनुभयो ।

देशभरका खोप केन्द्रबाट आजदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्राथमिकता राखी खोप लगाउन सुरु गरिएको प्रा.डा गौतमले बताउनुभयो ।

यस चरणमा ६५ वर्ष माथिका १७ लाख ९१ हजार नागरिक खोपबाट लाभान्वित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा ४ लाख २९ हजार ७ सय ५ जना स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी, पत्रकार, कुटनितिक नियोगका कर्मचारी, निजामति कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई खोप लगाई सकिएको छ ।

यस्तै, आज ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार १ सय ११ वटा नमुनाको परिक्षण गर्दा ४५ पुरुष र २१ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ७ सय २१ पुगेको छ । आज ५८ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ८ सय ८६ पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार