काठमाण्डौंः नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कोटेश्वर पेरिसडाँडामा बसिरहेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्गठन गरिदिएपछि पहिलोपटक माओवादी केन्द्रले स्थायी कमिटी बैठक बसेको हो।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ । बैठकमा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा पनि छलफल हुने सम्भावना छ ।
बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अनुपस्थित भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया