श्रावण ५, २०८२ सोमबार July 21, 2025

१५ राजनीतिक दलहरुसँग विवेकशील साझा पार्टीले सहकार्य गर्न पहल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसद् बाहिर रहेका १५ राजनीतिक दलहरुसँग विवेकशील साझा पार्टीले सहकार्य गर्न पहल गर्ने भएको छ।

मंगलबार दिउँसो विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोलमा आयोजना गरेको १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी दलका नेतृत्वले देशको विद्यमान राजनीतिक परिस्थिति, चुनौती र त्यसको सामना गर्नका लागि एक ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकतामाथि विस्तृत छलफल गरेका थिए।

बैठकमा विवेकशील साझा पार्टी, नेपाली कांग्रेस (बीपी), समाजवादी कांग्रेस नेपाल, जनजागरण पार्टी नेपाल, युवा शक्ति पार्टी, मौलिक जरो किलो पार्टी, नेपालवाद पार्टी, न्यु पिपुल्स पार्टी, आधुनिक नेपाल पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, गान्धीवादी पार्टी नेपाल, प्रगतिशील पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीका नेतृत्वको सहभागिता थियो।

छलफल र संवादको क्रमलाई अघि बढाउनुपर्ने कुरामा सहभागी सबै पार्टीहरूको सहमति जनाएको पार्टीका राजनीतिक संवाद समितिका संयोजक केशव दाहालले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार