असार २८, २०८२ शनिबार July 12, 2025

बङ्गलादेशबाट आयातित २५ सय मेट्रिक टन मल वीरगञ्ज आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले बङ्गलादेशसँग जीटुजी सम्झौता अनुसार पहिलो चरणको रासायनिक मल आज दिउँसो वीरगञ्ज आइपुगेको छ ।

पहिलो चरणमा बङ्गलादेश सरकारले वीरगन्जमा २५ सय मेट्रिक टन मल रेल सेवा मार्फत पठाएको कृषि सामाग्री कम्पनी प्रदेश नम्बर २ का प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।

वीरगन्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको रासायनिक मल आजै भन्सार प्रक्रिया पुरा भई वितरणका लागि कृषि सामग्री कम्पनीको गोदाममा ल्याउने तयारी भइरहेको केसीले बताउनुभयो ।

नेपाल सरकारले बङ्गलादेश सरकार गरेको जिटुजी सम्झौता अनुरूप नेपाल आउन लागेको ५० हजार मेट्रिक टन मलमध्ये २५ सय मेट्रिक टन मल पहिलो लटमा वीरगञ्ज आइपुगेको हो ।

सरकारले मगाएको युरिया मलमध्ये ५ हजार ६ सय मेट्रिक टन विराटनगर पठाइने, ७ हजार ८ सय मेट्रिक टन भैरहवा र ९ हजार मेट्रिक टन वीरगन्जका लागि पठाउने प्रक्रिया अनुरूप वीरगन्जमा पहिलो लटको मल आइपुगेको केसीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया