श्रावण ५, २०८२ सोमबार July 21, 2025

पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने छु : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उहाँले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए ।

अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उनले मुलुकका लागि फेरि पनि बलिदान गर्छौं भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताए । “हिजो मुलुक परिवर्तनका लागि ज्यानको बाजी लगाएर सशस्त्र युुद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दै छन्”, अध्यक्ष दाहालले भने ।

जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनले बताए । “जनसंघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध अहिले पनि हमला भइरहेको छ, हामी आफ्नै खुुट्टामा उभिने गरी तयारी गरिरहेका छौँ, केही समय योसँग उभिने, उसँग मिले होला कि भनेर सहकार्य गरियो”, उनले भने, “तर आफ्नै साथीहरु छुट्दा, आफैँ कमजोर भएको पक्कै हो, अब आफ्नै खुुट्टामा उभिने र पूराना साथीहरुलाई एकताबद्ध बनाएर लैजाने विश्वासका साथ लागेको छुु ।”

जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशीविदेशी तत्व लागि परेको बताउँदै उनले त्यस्ता षडयन्त्रलाई पररास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । “राष्ट्र र परिवर्तनको आन्दोलनका विरुद्ध देशभित्र र बाहिरका प्रतिक्रियावादीले ठूलो षड्यन्त्र गरिरहेका छन्”, उनले भने, “हामीले त्यसलाई परारस्त गर्नुछ, गरिन्छ पनि, किसान, मजदुर, उत्पीडित जनसमुदायसँग जोडियौँ भने हामीले शान्तिपूर्णरुपमा युद्ध जित्छौँ ।”

यसैबीच अध्यक्ष दाहालले आजै जनयुद्धकालका शहिद भरत ढुंगानाको स्मृतिमा प्रकाशन गरिएको ‘भरत ढुंगाना समृति’ ग्रन्थको सार्वजनिक एवम् परिचर्चा कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि आफू तयार रहेको बताए । वैचारिक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने भन्दै अध्यक्ष दाहालले त्यसका लागि आग्रह गरे ।

उनले आफूले कहिल्यै पनि गलत नियत नराखेको बरु, राम्रो काम गर्न खोज्दा खोज्दै पनि कमजोरी भएको भन्दै सच्याउनका लागि तयार रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, नुवाकोटबाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङलगायतको सहभागिता थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार