श्रावण ५, २०८२ सोमबार July 21, 2025

पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउन सक्छ : उपप्रधानमन्त्री पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताउनुभएको छ ।

प्रेस सङ्गठन पर्साले आज बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन  गर्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले सर्वोच्च अदालतको पछिल्लो फैसलाले २०७५ साल जेठ २ गतेको अवस्थामा राजनीतिक दलहरूलाई पुर्‍याएको बताउनुभयो ।
उहाँले २०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको बताउनुहुँदै ऋषि कट्टेलले नेकपाको नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आएको हुँदा दलहरूले पुरानो अवस्थामा फर्किएको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रबाट एमालेमा आएका सम्पूर्ण नेताहरूलाई सम्मानजनक स्थान दिएर व्यवस्थापन गरिने बताउनुहुँदै अब सरकार र एमालेको पार्टीको एउटै उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने र यसलाई नै केन्द्रमा राखेर सरकार र एमाले अगाडि बढ्ने पोखरेलले दाबी गर्नुभयो ।
उहाँले पुर्नजिवित एमालेले सबै वामपन्थी शक्तिहरूलाई समेट्दै अगाडि बढ्ने बताउनुहुँदै नेकपा एमालेका नेता माधव नेपाल, झलनाथ खनाल सबैलाई समेटेर पार्टी एकताबद्ध बनाएर अगाडि बढ्ने दाबी समेत गर्नुभयो ।
उहाँले एक फरक प्रसङ्गमा कोरोना सङ्क्रमणका कारण बन्द गरिएका भारतसँग खुल्ला सीमा जोडिएका वीरगन्ज सहितका नाकाहरू औपचारिक रुपमा खोल्ने विषयमा सरकारले छिट्टै निर्णय गर्ने जानकारी समेत दिनुभयो ।
प्रेस सङ्गठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, पूर्व सांसद राजकुमार गुप्ता, जय प्रकाश थारु, बसुरुद्धिन अन्सारी, विश्वम्भर शर्मा, निर्मला देवकोटा लगायतको उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार