असार २८, २०८२ शनिबार July 12, 2025

ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन झण्डै ८६ हजार सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या एकैदिनमा धेरै सङ्क्रमित भएको मध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार ब्राजिलमा ८५ हजार ६६३ जना सङ्क्रमित भएका हुन् । यसअघि गत जनवरी ७ मा एकैदिनमा ८७ हजार ८४३ जना सङ्क्रमित भएका थिए ।

ब्राजिलमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड १३ लाख ६३ हजार ३८० जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ब्राजिलमा दुई हजार २१६ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ७५ हजार १०५ पुगेको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएपनि मृत्यु हुनेको संख्या भने अझै घटेको छैन ।

कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेकोे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । ब्राजिलमा कोरोना सङ्क्रमणको दैनिक तथ्याङ्कअनुसार गत मार्च ३ मा यसबाट एकै दिनमा एक हजार ९०० को मृत्यु भएको थियो ।

सार्वजनिक स्वास्थ्य संस्था फिओक्रुजले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार ब्राजिलका २७ ओटा प्रान्तीय राजधानीमा २५ ओटा राजधानी शहरका स्वास्थ्य संस्थाका आकस्मिक कक्ष ८० प्रतिशतभन्दा बढी भरिएका बताइएको छ ।

कोभिड–१९ विरूद्धको उपचार तथा अन्य प्रक्रियामा २०२० को अन्त्यतिर ब्राजिलमा प्रभावकारी देखिएको थियो, तर पनि सन् २०२१ को पहिलो आधाआधीमा भने यहाँ महामारीको फैलावट निकै बढेको थियो ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार