असार २३, २०८२ सोमबार July 7, 2025

विवाह गर्ने बहानामा लजमा लगी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पर्सामा १७ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार किशोरीलाई बलात्कार गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक–पटक बलात्कार गरी गर्भवती बोकाएको भनी गत फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया