असार २८, २०८२ शनिबार July 12, 2025

पाल्पाको रामपुरमा भ्युटावर निर्माण शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पाको रामपुरमा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शिलन्यास गर्नुभयो ।

पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको मेयर थापाले बताउनुभयो । रामपुर नगरपालिकाको सहयोगमा बहुवर्षिय योजना अनुरुप करिव ५० फिट अग्लो (चार तला) को भ्युटावर निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताउनुभएको छ । उहाँका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

भ्युटावर निर्माण गरिने क्षेत्रमा पार्क लगायतका विभिन्न पर्यटकिय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ । समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण कार्य अगाडी बढाएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार