असार २७, २०८२ शुक्रबार July 11, 2025

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।”

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ ।

यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।

सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।

यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार