असार २७, २०८२ शुक्रबार July 11, 2025

चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले कोरोनाभाइरस विरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ ।

केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो । त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।

आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीहरूले जनाएका छन् ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ । खोपका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीका प्रवक्ताले नियामक निकायहरूलाई भने आवश्यक विवरणहरू उपलब्ध गराइएको स्पष्ट पारेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार