असार २७, २०८२ शुक्रबार July 11, 2025

कङ्गोमा दुई महिनामा दुई सयको मृत्यु, ४० हजार विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रसंघको शरणार्थीसम्वन्धी निकायले दुखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्र्याटिक फोर्स (एडिएफ) दोषी रहेको दावी गरेको छ ।

कङ्गोमा सन् १९९५ देखि युगाण्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । यस बर्ष सन् २०२१ को सुरुदेखि नै हिंसात्मक घटना धेरै भएको देखिएको छ ।

घटनामा परी दर्जनौ घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । तर आधारभूत सेवा सुविधाको भने समस्या रहेको अधिकारीहरूले जनाएका छन् । विषेशगरी बस्ने ठाउँ, खाना, पानी र स्वास्थ्य सेवाको अभाव रहेको उनीहरूको भनाइ छ ।

द्वन्द्वका क्रममा महिला र बालबालिका सवैभन्दा बढी पिडित भएका छन् भने खतरामा पनि उनीहरू नै रहेका छन् । कोरोनाभाइरस र इबोलाको महामारी फैलिने डर पनि उत्तिकै रहेको अनुगमनकर्ता अधिकारकर्मीहरूले जनाएका छन् ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया