श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पहाडमै हाडजोर्नीको शल्यक्रिया सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ ।

फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि यससम्बन्धी सेवा सञ्चालनमा ल्याइएको हो । यसै साताबाट सञ्चालनमा आएको हाडजोर्नीको शल्यक्रिया सेवाबाट हालसम्म तीन बिरामीले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।

हालसम्म पूर्वी पहाडका जिल्लामा हाडजोर्नीको शल्यक्रिया सेवाको अभाव थियो । यस सम्बन्धी ससाना समस्याको उपचार गर्नसमेत झापा, मोरङ तथा सुनसरीका विभिन्न अस्पताल जानुपर्ने बाध्यता थियो ।

नियमित जाँच गराउनुपर्ने, हड्डीमा राखिएको स्टिल तथा रड झिक्नुपर्ने तथा ‘डे्सिङ’ गराउनुपर्ने बिरामी महङ्गो शुल्क तिरेर बाहिर बस्न बाध्य थिए । यही समस्यालाई मध्यनजर राखेर उक्त सेवा सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक राजेन्द्र कार्कीले बताउनुभयो ।

विशेषज्ञ चिकित्सकका अतिरिक्त उक्त अस्पतालले करीब रु १८ लाख लागतमा अत्याधुनिक सेवा प्रदान गर्ने ‘सीआर्म मेसिन’ जडान गरेको छ । यहाँबाट पूर्वी पहाडका सेवाग्राहीलाई सेवा दिन आउनुभएका डा लिम्बूले हाडजोर्नीका ६० प्रतिशत समस्या समाधान गर्न आफू सफल हुने बताउनुभयो । हाडजोर्नी भाँचिएको, टुटेको, फुटेकाको शल्यक्रियामार्फत उपचार गर्ने, स्टिल राख्ने तथा झिक्ने, जोर्नीसम्बन्धी समस्याको उपचार गरिने डा लिम्बूले बताउनुभयो ।

उक्त अस्पतालले तराईका अस्पतालको तुलनामा ५० प्रतिशत कम शुल्कमा उपचार गर्ने जनाएको छ । “हाम्रो मुख्य उद्देश्य भनेको यहाँका बिरामीलाई यहीँ सेवा प्रदान गर्नु हो”, डा लिम्बूले भन्नुभयो, “यसैले हामी कम शुल्कमा बिरामीलाई सेवा दिन चाहन्छौँ ।”

यहाँ यसअघिसम्म भाँचिएको, टुटेको, फुटेकोलगायत हाडजोर्नीसम्बन्धी कुनै पनि सेवा सञ्चालनमा थिएनन् । दुर्घटनामा पर्नेलाई न्यूनतम पाँच घण्टाको यात्रापछि तराईका जिल्लामा लगेर उपचार गर्नुपर्ने बाध्यता थियो । हाडजोर्नीसम्बन्धी सेवा दिने सरकारी अस्पताल पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मात्रै हो ।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामलगायत जिल्लाका बिरामीलाई यहाँसम्म पुर्याउन कम्तीमा आठ घण्टा समय लाग्छ । भाँचिएको, टुटेको, फुटेको हड्डी राम्रोसँग नजोडिने, नियमित सेवा तथा परामर्शका लागि महङ्गो शुल्क तिरेर होटेलमा बस्नुपर्ने जस्ता समस्या थिए ।

उक्त अस्पतालले फिदिममै हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएपछि पाँचथरसहित इलाम, तेह्रथुम र ताप्लेजुङका बिरामीले सेवा लिनसक्ने भएका छन् । घरमै हिँड्ने क्रममा लडेर कुर्कुच्चाको हड्डी फुटेपछि उपचारका लागि आउनुभएका फिदिम नगरपालिका–५ का रविन तुम्बापोले फिदिममै शल्यक्रिया सेवा पाउँदा खुशी लागेको बताउनुभयो ।

विशेषत दुर्घटनाका घाइतेको समयमा उपचार हुन नसक्दा हड्डी राम्रोसँग नजोडिने, बाङ्गो जोडिने तथा कतिपयलाई समयमा अस्पताल पु¥याउन नसक्दा मृत्यु नै हुने गरेको थियो । पच्चीस श्ययाको उक्त अस्पतालले सेवा क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार