असार २७, २०८२ शुक्रबार July 11, 2025

अफगानिस्तानको सैनिक कारबाहीमा ६ लडाकू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा बम बनाउने कार्यमा संलग्न छ जना विद्रोही सेनाको कारबाहीमा मारिएका छन् ।

सैनिक अधिकारीहरुका अनुसार पूर्वी नान्घरहर राज्यमा शनिबार राति गरिएको कारबाहीमा एक लडाकू मारिएका थिए । उनी इस्लामिक स्टेट समूहका लडाकू पनि रहेका थिए ।

अफगानिस्तानमा सक्रिय विद्रोहीहरुले घरेलु बारुदी सुरुङ (आइइडी) निर्माण गरी सुरक्षा फौजलाई लक्षित गर्ने गरेका छन् । यी हतियारको जथाभावी प्रयोगले सर्वसाधारणको पनि ज्यान जाने गरेको छ ।

यस्तै, दक्षिण हेल्मन्ड प्रान्तमा तालिबान समूहमा आबद्ध पाँच जना लडाकू मारिएका छन् । नवा जिल्लामा तालिबान समूहलाई लक्षित गरी भएको आक्रमणमा ठूलो परिमाणमा हातहतियार र सवारी साधन सेनाले ध्वस्त बनाएको छ ।

तर उक्त सैन्य कारबाहीका बारेमा दुबै लडाकू समूहले कुनै प्रतिक्रिया जनाएका छैनन् । – रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया