काठमाण्डौंः डडेल्धुराको परशुराम नगरपालिकाका विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितीका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै ४ दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो।
सरोकारबाला हरुसंगको छलफलपछि नगर क्षेत्रमा त्यस्तो खालको परिस्थिती सृजना नभएकाले विद्यालयरु नियमित सञ्चालन र पठनपाठन हुने नगरपालिकाले जनाएको छ।
साथै नगर क्षेत्रमा वातावरणीय प्रतिकुलता सृजना भए जुनसुकै बेला पनि बन्द गर्न आग्रह गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया