असार २७, २०८२ शुक्रबार July 11, 2025

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरु सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुने छ । उहाँहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरु त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताउनुभएको थियो ।

सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया