असार २७, २०८२ शुक्रबार July 11, 2025

स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन बेलायतका प्रधानमन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गर्नुभएको छ । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडूलका कामहरु शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गर्नुभएको हो ।

बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताउनुभएको छ । बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबार देखि केही खुकुलो गराइएको छ । योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ ।

यहाँ मार्चको ८ तारिखदेखि विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ । उहाँले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताउनुभयो ।

बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन् । तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् । बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ । यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुने व्यक्ति घटेका छैनन् ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया