असार २८, २०८२ शनिबार July 12, 2025

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने समयावधि थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयरमा आवेदन दिने सममयावधि थप भएको छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर चैत ११ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्ने व्यवस्था रहेकोमा कम्पनीले समयावधि बढाएर चैत २६ गतेसम्म कायम गरेको जानकारी दिएको छ  ।

उक्त शेयरको न्यूनतम मूल्य रू. १ हजार ३५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार