असार २८, २०८२ शनिबार July 12, 2025

विश्व बैंकद्वारा कोभिड–१९ विरुद्धको खोप खरिद गर्न ८ अर्ब ७० करोड ऋण सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारलाई विश्व बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि करिब रु आठ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

जनसङ्ख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न प्राप्त हुने सहुलियतपूर्ण ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढङु्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले आज अर्थ मन्त्रालयमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

सो अवसरमा सचिव ढुङ्गानाले कम्तिमा पनि ७२ प्रतिशत नेपालीलाई खोप लगाउने सरकारको बृहत् योजनाका लागि यो अतिरिक्त वित्तीय सहयोग महत्वपूर्ण भएको बताउँदै कोभिड–१९ महामारीको प्रतिकार्यका लागि कोभिड–१९ विरूद्घका खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजनाअनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउन अति उपयोगी हुन्छ भने ।

“कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामूलक र द्रुत पहुँच विस्तार गर्न तथा महामारीबाट जीवन जोगाउन र उत्थानशील पुनर्लाभ पाउन महत्वपूर्ण हुनेछ,” राष्ट्रिय निर्देशक जर्भोसले भने ।

यसअघि बैंकले रु तीन अर्ब ३० करोड बराबरको कोभिड–१९ आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणालीका लागि सहुलियतमा ऋण प्रदान गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार