असार २८, २०८२ शनिबार July 12, 2025

एक वर्षमै साँढे ३६ लाखले खोले बैंक खाता – वित्तीय पहुँच विस्तार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो ।

चालू आर्थिक वर्ष २०७७-७८ को बितेका आठ महिना (फागुन मसान्त)को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोलेका छन् । यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो । सो खातामध्ये ३ करोड ११ लाख १२ हजारले निक्षेप खाता खोलेका थिए भने १४ लाख ९८ हजार ४ सय ६७ ले कर्जा खाता खोलेका थिए ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पु¥याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन् । सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो । हाल खोलिएको बैंक खाता नेपालको कुल जनसंख्याभन्दा झन्डै ४३ लाख ७६ हजार ८ सय ९१ जनाले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ ।

कुल जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि सबै नेपाली नागरिकसमक्ष बैंक खाता पुग्न भने सकेको छैन । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार