काठमाण्डौंः पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको छ ।
सोही कारण अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर करीब एक वर्षमा ६७९ रुपैयाँले वृद्धि भएको छ । यो समाचार तयार पार्दाको समय १: ११ बजेसम्ममा पहिलो पटक हालसम्मकै बढेर कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९०० पुगेको छ ।
कम्पनीको शेयर मूल्य सन् २०२० मार्च १२ मा प्रतिकित्ता रू. २२१ रहेकोमा सन् २०२१ मार्च ५ अर्थात् चैत २३ गते सोमवार प्रतिकित्ता रू. ९०० पुगेको हो ।
उक्त अवधिसम्ममा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ४१ प्रतिशतले वृद्धि भएर प्रतिक्रित्ता रू. ९०० पुगेको हो ।
उक्त अवधिसम्म कम्पनीको शेयर कारोबार सर्वाधिक दोस्रोमा रू. १९ करोड ३० लाख बरावरको शेयर खरीदविक्री भएको छ । विगत तीन महीनादेखि जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि हुँदै आएको छ ।
विद्युत् विक्री उत्पादन शुरु गर्न लागेको खवरहरु सार्वजनिक भएसँगै उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । कम्पनीले विद्युत् उत्पादन गरेपछि लाभांश वितरण गर्न सक्ने भन्दै लगानीकर्ताले लगानी बढाएकाले शेयर मूल्य बढेको हो । अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया