श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, १०२ जना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सोमबार ४ हजार ५ सय ३६ वटा पीसीआर परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७८ हजार २ सय १० मन्त्रालयले जनाएको छ ।
सोमबार मात्र १ सय २ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ३ सय ४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव ३ प्रतिशत हो ।
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया