श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि- ११३ जना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार २ सय ४३ वटा पीसीआर परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
त्यस्तै आज संस्थागत तथा होम आइसोलेसनबाट १ सय १३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको कुल सङ्ख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ । यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया