असार २८, २०८२ शनिबार July 12, 2025

सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणी सुडान राज्यको राजधानी डारफरनजिकैरहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो ।यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ ।सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ ।

सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्र्दै आएका छन् ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार