श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ।

देशभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले जारी गरेको निर्देशनमा ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । साथै घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया