असार २८, २०८२ शनिबार July 12, 2025

कोभिड बिरूद्धको खोप अभियानमा अफ्रिका छायाँमा, अहिलेसम्म दुई प्रतिशतलाई खोप लगाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफ्रिका कोभिड–१९बिरूद्ध विश्वव्यापी खोप अभियानको ‘किनारमा’ रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी गराएको छ ।

अफ्रिकामा खोपको आपूर्ति, बजेट अभाव र व्यवस्थापकीय कमजोरीहरू उद्धृत गर्दै डब्ल्यूएचओका अफ्रिका क्षेत्रीय निर्देशक मत्शिदिसो मोतीले अफ्रिकामा खोप अभियानको सुस्त गतिलाई ‘अपर्याप्त आपूर्ति, आर्थिक सहयोग र योग्य कर्मचारीको अभाव’ का कारण सिर्जित परिणाम भन्नुभएको छ ।

‘भर्चुअल’ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विशेष गरी कोभ्याक्स विश्वव्यापी खोप बाँडफाँड सुविधा अन्तर्गत भारतबाट भ्याक्सिनको निर्यात सुस्त भएको उहाँले जानकारी गराउनुभयो ।

डब्ल्यूएचओ अफ्रिकाको पछिल्लो तथ्याङ्क अनुसार महामारीबाट अफ्रिका सबैभन्दा कम प्रभावित भएको छ । अफ्रिकामा कूल ४३ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने एक लाख १४ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वव्यापीरूपमा हेर्ने हो भने अहिलेसम्म कूल २९ लाख कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) को पूर्वी र दक्षिणी अफ्रिका क्षेत्रका प्रमुख मोहम्मद मलिक फालले ‘रेफ्रिजरेसन आवश्यकता अनुसारको यातायात साधनको उपलब्धतामा समस्याका साथै अन्य ब्यवस्थापकीय समस्याका कारण पनि अफ्रिकामा खोप अभियान ढिलो भएको हो । उहाँले भन्नुभयो, “यी समस्याहरूले गर्दा अभियान नै समस्यामा परेको छ ।”

यद्यपि कोभाक्स कार्यक्रममार्फत खोपहरू अब ‘सबै अफ्रिकी देशहरुमा आइपुगेको र सुधार क्षमता र वितरण क्षमताको लागि अपील गरिएको फालले बताउनुभयो ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार