असार २८, २०८२ शनिबार July 12, 2025

सुन चाँदीको मूल्य ह्वात्तै बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा साताको अन्तिम दिन आज पनि सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको हो ।

तेजावी सुनको मूल्य तोलाको ८९ हजार ४५० रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया