असार २८, २०८२ शनिबार July 12, 2025

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस रिजल्ट?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ ।

योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो ।

त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाले शेयर नपाउने भएका छन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो ।

सर्वसाधारणले मेराे शेयरकम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्। मेरो लगानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया