श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शुक्रबार थप २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि – १ सय २७ जना सङ्क्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज शुक्रबार देशभर २ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१ जनामा गरिएको पिसिआर परीक्षणमा २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ ।

आज १ सय २७ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।

यो कोरोना सङ्क्रमणबाट निको हुने दर ९८ प्रतिशत हो । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया