श्रावण २, २०८२ शुक्रबार July 18, 2025

स्वास्थ्यचौकीमा ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् ।

गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यकर्मी खलङ्गा झरेका छन् तर यसपटक सरकारले बाह्रैमास सशस्त्र प्रहरीको गुल्म र नेपाल प्रहरी छाङ्ग्रुमै राख्यो । “यद्यपि सामान्य बिरामी हुँदा पनि औषधोपचार गराउन स्वास्थ्यचौकी छैन”, प्रहरी नायब उपरीक्षक शाह भन्नुहुन्छ, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच-छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भए पनि ड्युटी गर्नुपर्यो । चिसोले झन् बिरामी हुने सम्भावना हुन्छ ।” राज्यले सशस्त्र प्रहरीका लागि राम्रो अस्पताल बनाउन सकेको छैन ।

सशस्त्र प्रहरीले सुरक्षाकर्मीको जाँचका लागि गाउँमै चिकित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरिएको शिविरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको शाहले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा सशस्त्र प्रहरीकै अहेवले औषधि दिने तथा बिरामी हेर्ने काम गर्छन् ।

सशस्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औषधोपचार गर्ने गरेको प्रहरी नायब उपरीक्षक शाह बताउनुहुन्छ । “हामीले केही प्राथमिक उपचारका औषधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया