श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अछाम पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछाम जिल्लालाई यही चैत्र मसान्तभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने भएको छ । २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ ।

खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समूहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानीय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चितता तथा प्रमाणीकरण कार्य जिल्लाका हरेक वडा तहबाटै गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली सङ्कलन गरी १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रासहित सबै खोप पाए नपाएको यकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य लगभग सकिएको स्वास्थ्य प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।
अब केही दिनमै  जिल्लाका दश वटै स्थानीय तहका बाँकी रहेका वडाबाट खोप पाएका बालबालिकाको विवरण सङ्कलन गरी जिल्ला पूर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने सकेर जिल्लालाई पुर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्य गरिने भएको उहाँको भनाइ छ ।
सोही कार्य अन्तर्गत शनिवार अछामको कमलबजार नगरपालिकाले सबै कार्य पूरा गरी पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगरपालिकाका १० वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
जिल्लामा खोप सेवाको प्रभावकारी उपयोग भई सबै बालबालिकाले खोप पाउन थालेपछि बाल तथा मातृ मृत्युमा निकै कमी आएको सरोकारवालाहरूले बताउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया