काठमाडौंः साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपा ल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया