असार २८, २०८२ शनिबार July 12, 2025

सोमालियाको विस्फोटमा पाँचको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफ्रिकी मुलुक सोमालियाको बाइडाओ शहरमा शनिबार एउटा रेस्टुराँ बाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार, सुएज क्याफ्टेरियाको बाहिर रहेका बे क्षेत्रका गभर्नर अलि वारधरलाई लक्षित गरी उक्त आक्रमण भएको हो । यद्यपी, विस्फोटबाट उहाँ भने सुरक्षित रहनु भएको छ ।

प्रहरीले वारधरका कम्तीमा दुई जना अंगरक्षक घाइते भएको जनाएको छ ।

प्रत्यक्षदर्शी अमिन म्याडीले निकै शक्तिशाली देखिएको उक्त बिस्फोटको आवाज शहरका सबैजसो ठाउँमा सुनिएको र मानिसलाई आतंकित बनाएको बताउनुभयो ।

आतंकवादी संगठन अल–कायदा समर्थित अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । यस संगठनले अफ्रिकी मुलुकहरुमा इस्लामिक शासन स्थापना गर्ने भन्दै सशस्त्र हिंसात्मक आन्दोलन गर्दै आएको छ ।

प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । यसैबीच, मोगादिशुको हुरिआ जिल्लामा गरिएको बम बिस्फोटमा परेर एक सैनिकको मृत्यु हुनुका साथै केही व्यक्ति घाइते भएका छन् ।

सोमालियामा सुरक्षा कमजोरी व्यापक रहेको भन्दै स्थानीयवासी चिन्तित हुन थालेका छन् । यसै वर्षको शुरुमा गरिने भनिएको आमनिर्वाचनमा ढिलाई भएकाले पनि समस्या अरु बढ्दै गएको छ ।रासस–एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार