काठमाण्डौंः ललितपुरको हात्तीवन स्थित आईजे पायोनियर स्कुलका शिक्षक र व्यवस्थापन पक्ष बीच तलबको विषयमा नौ बुँदे सहमती भएको छ ।
कोरोना महामारीका बेलामा सो स्कुलले विद्यार्थीसँग नियमित शुल्क उठाएको तर शिक्षक कर्मचारीलाई भने गत बैशाख देखि नै तलब नदिएको गुनासो पोख्दै उनीहरुले गत चैत २४ गते अभिभावकलाई पत्र बुझाएका थिए ।
सो पत्रसँगै दवावमा परेको व्यवस्थापन, यही महिनाबाट शुरु गरी आगामी असोज भित्रमा बाँकी तलब भुक्तान गर्न सहमत भएको हो ।
सहमती पत्रमा विद्यालयका तर्फबाट सञ्चालक इन्दिरा श्रेष्ठ र प्रीन्सिपल रामु पाण्डे र शिक्षकहरुको तर्फबाट संस्थागत विद्यालय शिक्षक युनियनको एकाइ कमिटि अध्यक्ष विमला शाह र सचिव केशव कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
गत बैशाख देखि बाँकी रहेको गत पुस सम्मको छुट तलब ७७ दशमलब ५ प्रतिशतको आधारमा खाईपाई आएको तलबलाई अगाडीका महिनामा दिईएको तलब कटाएर दिन व्यवस्थापन सहमत भएको छ ।
त्यस्तै, बाँकी रहेको तलब दिदाँ बेसिक, ग्रेड र महंगी भत्तालाई आधार मानिने छ । सञ्चयकोषको रकम पठाउँदा ७७ दशमलब ५ प्रतिशत मानी सोको १० प्रतिशत विद्यालयले थप गरी गत बैशाख देखि पुस सम्म वा सत प्रतिशत पाएको महिना देखि पठाउने र नागरिक लगानी कोषको रकम व्यक्तिगत रकम भएका कारणले सम्बन्धित शिक्षक तथा कर्मचारीको कबुल गरिएको रकम व्यक्तिगत ईच्छाका आधारमा पठाउने सहमती भएको छ । एजुकेशन खबर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया