काठमाण्डौंः फ्रान्सका विदेश मन्त्री जेन याभेस लि ड्रियानले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ ।
उहाँले यही अप्रिल १३ देखि १५ सम्म भारतको भ्रमण गर्नुहुने तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतको विदेश मामिला मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत फ्रान्सका विदेश मन्त्रीको तीनदिने औपचारिक भ्रमणका बारेमा जानकारी दिएको हो ।
उहाँले भारत भ्रमणका क्रममा भारतीय समकक्षी डा एस जयशंकरसँग अप्रिल १३ मा विषेश भेटवार्ता गर्नुहुने भएको छ । उहाँहरुका बीचमा दुई पक्षीय सम्बन्ध, साझा चासो र सरोकारका विषयमा छलफल हुने जनाइएको छ ।
फ्रान्सका विदेश मन्त्री ड्रियानले भारतका वातावरण, वन तथा जलवायु मन्त्री प्रकाश जाभादेकरसँग जलवायु परिवर्तन र त्यसका चुनौती सामना गर्न सहकार्य गर्ने बारेमा छलफल गर्ने कार्ययोजना रहेको छ ।रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया