काठमाडौंः नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार रू. १०० ले घटेको सुनको मुल्य आज बिहीवार रू. ३०० ले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ५०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ०५० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार २६० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार २९० खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बिहीवार चाँदी रू. ३० ले बढेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया